
बाजुराको बुढीगंगा नगरपालिका–१, कुडीका १० वर्षीय नविन चदाराको भाँचिएको खुट्टाको शल्यक्रियाका लागि धनगढी ग्यालरीले १२ हजार दुई सय रुपैया सहयोग गरेको छ । सृजनशील युवाहरुको समूह धनगढी ग्यालरीका तर्फबाट संकलित १२ हजार दुई सय रुपैया चक्र खडायतले आईतवार नविन चदाराकी आमा पाउनीलाई हस्तान्तरण गरे ।

धनगढी ग्यालरीका खडायतका अनुसार नविनको उपचारका लागि नखुलाउने गरी बिभिन्न व्यक्तिले अत्तरीयाबाट दुई हजार पाँच सय, धनगढीबाट एक हजार रुपैया, पाँच सय ५५ रुपैया, कोरियाबाट महेन्द्र ठकुल्लाले दुई हजार रुपैया, राम शाहीले एक हजार पाँच सय रुपैया र एडुपलले दुई हजार रुपैया सहयोग गरेको बताए ।
खडायतले आर्थिक अभावमा नविनको उपचारमा कठिनाईमा भईरहेको जानकारी पाएपछि स्वस्र्फुत रुपमा सबैले सहयोग गरेको बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/01/10, 12:38
2022/11/14, 6:02
2020/08/22, 8:00