
दार्चुलामा पानीको कुलामा एक जनाको शव फेला परेको छ । उक्त शव बैतडीको डिलाशैनी गाउँपालिका–२ गन्नाका ४० वर्षीय गाविन्द घरेडीको भएको प्रहरीले जनाएको छ ।

घरेडी डाडाबाग आधारभुत विद्यालय किमिचोर कपट्टाका प्रधानाध्यापक रहेको स्थानीयले बताएका छन् ।
मंगलबार विहान दार्चुलाको शैल्यशिखर–९ शिवपुरी धाम जग्वाचौर नजिक पानीको कुलोमा भेटिएका मृतकको टाउकोमा चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए । ‘अहिले आफन्तहरुलाई बोलाएका छौं । उनीहरु पुगेपछि शवको पोष्टमार्टम गरिने छ’ उनले भने ।

अहिले घटनास्थलमा प्रहरीको टोली परिचालन गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक चन्दले बताए