
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ । ६१ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निमित्त मेसु विरेन्द्र रावतले डोटीको केआई सिह गाउँपालिकाका ६ जना र दिपायल सिलगढी नगरपालिकाका १ जनामा कोरोना संक्रमण भेटिएको बताए ।
