
नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ४ ले गोदावरी नगरपालिकामा घरदैलो अभियान सुरु गरेको छ । ‘समस्या, उपाय र समाधान, नेविसंघको घरदैलो अभियान’ भन्ने नाराका साथ गोदावरी नगरपालिकाका २७ हजार घरधुरी सम्म पुग्ने अठोटका साथ घरदैलो अभियान सुरु गरिएको नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ४ का सभापति गणेश शाहले जानकारी दिए ।

क्षेत्र नम्बर ४ का नेविसंघका नेता एवंम् प्रमुख अभियान्ता पदमराज ओझाको नेतृत्वमा घरदैलो अभियान सुरु गरिएको सभापति शाहले बताए । उनका अनुसार पहिलो दिन वडा नम्बर ११ मा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ । घरदैलो कार्यक्रमपछि बोल्दै अभियान्ता ओझाले वडाका समस्या समाधानका लागि पहल थालिने बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/01/10, 12:38
2022/11/14, 6:02
2020/08/22, 8:00