'बझाङमा जुवाडेबाट प्रहरीमा कोरोना संक्रमण फैलियो'
2020/11/04, 1:37
 
corona

बझाङमा समुदाय स्तरमा कोरोना फैलिएको प्रशस्त आधारहरु देखिन थालेका छन् । सदरमुकाम चैनपुर लगायत बाक्लो भिडभाड भएका ठाउँमा स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा कोरोना संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ । दशैंको आसपासमा बझाङ प्रहरीले विभिन्न ठाउँबाट ठूलो समूहमा जुवाडेलाई पक्राउ ग¥यो । जुवाडे पक्राउ परेको केही दिनपछि जिप्रकामा पक्राउ गर्न खटिएका प्रहरीको नमुना स्वाब संकलन गरियो । 

यसरी संकलन गरिएको स्वाबको रिर्पोट लगातार ४ दिन पाजेटिभ आयो । त्यसपछि बझाङलाई प्रहरी थाहा भयो कि जुवाडेबाटै प्रहरीलाई संक्रमण सरेको हो भनेर । जुवाडे र प्रहरी दुवैमा कोरोना देखिएपछि थुनुवाहरुमा पनि सर्न सक्ने भन्दै जुवाडेलाई तारिखमा छोडेको जनाएको छ । यसरी संक्रमण कारागारभित्र जेल जिवन बिताइरहेका, थुनुवा जिवन काटिरहेका र अन्यमा सरेको खण्डमा ठूलो विपत्ति आइलाग्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकार लोकेन्द्र सिंह कार्कीले फ्रन्ट लाइनमा रहेर काम गर्ने सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिन थालेपछि सुरक्षा चुनौती थपिएको बताए । अहिलेसम्म १२ जना प्रहरीमा संक्रमण पुष्टि भइसकेको कार्कीले बताए । उनले अहिले सबैले कोरोनालाई सामान्य रुपमा लिएर हिड्दा यस्तो अवस्था सिर्जना भएको बताए । जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले पनि काठमाडौं, भारत लगायत जिल्ला बाहिरबाट आउनेहरुलाई क्वारेन्टाइनमा नराखि घर पठाउँदा जिल्लाले ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिए ।

 उनले अहिले सदरमुकाम चैनपुर वरिपरिका गाउँमा काठमाडौं, धनगढी, पाखेरा लगायत देशभित्र र बाहिरबाट आएकाहरु कोरोना परिक्षण नगरि घर गएकाले झन् जोखिम बढेको बताए । अहिले सुरक्षित भनिएका सुर्मा, साइपाल गाउँपालिकामा पनि कोरोना संक्रमित देखिन थालेपछि समुदाय स्तरमा कोरोना फैलिएको चिकित्सकहरुले बताएका छन् ।  सुर्मा साइपाल गाउँपालिका स्थानीयहरु जिल्ला बाहिर र भारत लगायतका देशमा न्यून मात्रामा जाने र यी गाउँपालिकाले पनि कोरोना विरुद्ध राम्रो निगरानी गर्दागर्दै कोरोना देखिनुमा समुदाय स्तरमै कोरोना फैलिएको आशंका गरिएको छ । 

डाक्टर खड्काले अब चिसोको समय आएकाले कोरोना संक्रमण झनै फैलनसक्ने भन्दै सुरक्षित हुने उपाय अपनाउन र तातो झोलीलो खाद्यवस्तु सेवन गर्न सुझाव दिए ।