
बुहारीलाई माइतबाट ल्याउन गएका कैलालीका एक पुरुष मृत अवस्थामा भेटिएका छन् । कैलालीको घोडाघोडी-१० नगरपालिका घर भएका ५० वर्षीय मानबहादुर सिंह बैतडीको मेलौली नगरपालिका ३ ढणौनमा मृत अवस्थामा फेला परेका हुन ।

दशैंमा माइत गएकी आफ्नी बुहारीलाई घर बोलाउन मेलौली पुगेका सिंहको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । सिंहले आत्महत्या गरेको भनिएतापनि मृत्युको कारण खुल्न नसकेको उनले बताए ।
मृतकका आफ्न्त जिल्ला पुगेकाले घटना सम्बन्धि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/18, 8:57
2022/04/04, 10:39
2023/05/01, 5:35
2020/10/10, 9:39