
कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको शव व्यवस्थापन गरिएको छ । तेघरी स्थित श्री भवानी दल गण बाट सह सेनानी नबल सिंह रोकाया को कमान्डमा खटिएको टोलीले गौरिगंगा–३ कै शिव गङ्गा नदी छेउमा रहेको शिव सुन्दर सामुदायिक बनमा अनतेष्टि गरीएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि १२ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका ७३ वर्षीय शाहलाई १७ गते कोरोना पुष्टि भएको थियो । फोक्सोमा समस्या देखिनुका साथै कडा खालको निमोनिया देखिए पछि १७ गते बाटै उनलाई भेन्टिलेटरमा राखिएकोमा बिहान साढे ६ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07