
कञ्चनपुर प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले दोहोरो नागरिकता लिन खोज्ने कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर ७ का गोविन्द सुनारलाई पक्राउ गरिएको जानकारी दिए ।

सुनारले २०५४ साल ११ महिना २० गतेको जन्म मिति राखेर नागरिकता लिएकोमा पुनः २०५८ साल १० महिना २ गतेको जन्म मिति राखेर नागरिकता लिन खोजेपछि पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/09, 4:48
2021/12/04, 10:24
2022/12/05, 11:09