
कञ्चनपुरमा टिप्परको ठक्करबाट १ जना घाइते भएका छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ स्थित पूर्वबाट पश्चिमतर्फ गइरहेको से १ ख ९६४ नम्बरको टिप्परले से ५ प ५३५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा १ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले दुर्घटनामा मोटरसाइकल चालक कृष्णपुर नगरपालिका वडा नम्बर २ का ४० वर्षीय लोकराज पन्त घाइते भएको बताए । उनका अनुसार घाइते पन्तको हातमा चोट लागेको छ भने टिप्पर र चालक लालबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/01/10, 12:38
2022/11/14, 6:02
2020/08/22, 8:00