जोइ बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित
2020/11/07, 10:41
 
prident

डेमोक्र्याट जोइ बाइडेन संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । सम्पन्न निर्वाचनले अमेरिकामा ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनलाई जिताएको छ । अब उनले आगामी चार वर्षका लागि ह्वाइट हाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन । उनी डेमाक्रेटिक पार्टीका सदस्य हुन् ।

पूर्व राष्ट्रपति बाराक ओबामा कालमा उनी उपराष्ट्रपति थिए । १९४२, नोभेम्बर २० का दिन जन्मिएका उनले १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए । यहीँबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो ।

जो बाइडेनको पुरा नाम जोसेफ रोबिनेट बाइडेन हो । उनको जन्म २० नोभेम्बर १९४२ मा भएको थियो । उनी एक अमेरिकी राजनीतिज्ञ हुन् जसले सन् २००९ देखि सन् २०१७ सम्म ओबामा राष्ट्रपति हुदा संयुक्त राज्य अमेरिकाको ४७ औँ उपराष्ट्रपतिको रूपमा काम गरेका थिए । साथै उनले डेलावेयरका लागि सन् १९७४ देखि सन् २००९ सम्म संयुक्त राज्यका सिनेटका रूपमा काम गरे।