
कैलालीमा भारतर्फ तस्करी भइरहेको १५ क्वीन्टल अवैध केराउ बरामद गरिएको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ९ खक्रौला पुरानो भन्सार नजिक भारततर्फ तस्करी गर्न भनी लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा १५ क्वीन्टल केराउ बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले १ लाख १२ हजार ५ सय बराबरको अवैध केराउ बरामद गरिएको बताए । बरामद गरिएको केराउ आवश्यक कारवाहीका लागि भन्सार कार्यालय सत्तिमा बुझाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00