
सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ६ सय ४२ पुगेको छ । सोमवार थप एक सय ९ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या एक हजार ६ सय ४२ पुगेको हो । आईतबार संक्रिय संक्रमितको संख्या एक हजार पाँच सय २० रहेको थियो ।

सक्रिय संक्रमित मध्ये ८६ जना अस्पतालमा उपचाररत रहेका छन । ति मध्ये १७ जनाको आईसियु र भेन्टिलेटरमा उपचार भईरहेको छ । हालसम्म प्रदेशमा ४२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
सक्रिय संक्रमितका कैलालीका मात्रै ६८८ जना छन् । यस्तै अछाममा ८६, बैतडीमा ४०, बझाङमा १९१, बाजुरामा १०, डडेल्धुरामा ६६, दार्चुलामा १९९ र कञ्चनपुरका १०८ जना सक्रिय संक्रमित छन् । यसबाहेक २० जना अन्य जिल्लाका छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04