कर्मचारीमा कोरोना देखिएपछि बझाङको बित्थडचिर गाउँपालिका बन्द
2020/11/10, 8:46
 
corona

बझाङको बित्थडचिर गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँपालिका ३ दिनका लागि बन्द गरिएको छ । स्वास्थ्य शाखामा कार्यरत कर्मचारीको कोरोना रिपोर्ट पोजिटिभ आएपछि गाउँपालिकाकाे कार्यालय कार्तिक २८ गतेसम्मको लागि बन्द गरिएको प्रवक्ता हर्कबहादुर धामीले बताए ।  

जिल्ला अस्पताल बझाङमा २४ गते गरिएको परिक्षण प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एक जना र गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।