बाइकले ठक्कर दिँदा वृद्धाको ज्यान गएपछि बन्द गराइएको राजमार्ग खुल्यो
2020/11/10, 8:58

मोटरसाइकलको ठक्करबाट डोटीमा एक जनाको ज्यान गएपछि बन्द गरिएको राजमार्ग खुलेको छ । मङ्गलबार बिहान मोटरसाइकलले ठक्कर दिँदा दिपायल सिलगढी नगरपालिका ४ को पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विकको ज्यान गएपछि मृतकका आफन्तले गरेको डा. केआईसिंह राजमार्गमा पर्ने पिपल्ला बजार बन्द गरेका थिए ।

ठक्कर दिने मोटरसाइकल चालक परार भएपछि पीडित पक्षले उचित क्षतिपूर्तिको माग गर्दै मङ्गलबार बिहान ११ बजेदेखि राजमार्ग बन्द गरेका थिए । मोटरसाइकल धनी कैलालीका शुवास अधिकारीलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएपछि बन्द खुलेको हो ।
राजमार्ग खुलेपछि दिपायलको पिपल्लामा रोकिएका सवारीसाधन तथा यात्रुहरु अहिले आ–आफ्नो गन्तव्यतिर लागेका छन् । विकलाई से ५ प ९४६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उपचारका क्रममा शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा ज्यान गएको थियो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00