
कैलालीमा तिहारका बेला खेलीने देउसी भैलो खेल्न रोक लगाइएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि कैलालीमा देउसी भैली खेल्न रोक लगाईएको हो । चाडपर्वको समयमा हुने बढी आवातजावातले संक्रमण फैलिने सक्ने भन्दै जिल्ला प्रसासन कैलालीले भिडभाड विना नै चाडपर्व मनाउन आग्रह गरेको छ ।

तिहारमा आयोजना हुने देउसी–भैली लगायतका कार्यक्रममा समेत प्रदेशका स्थानीय प्रशासन कार्यालयहरुले गर्नमा रोक लगाएका हुन् । गौरा, छठ, दशैं लगायत पर्वमा जसरी सुरक्षा सतर्कताका साथ मनाइएको थियो, त्यसरी नै सुरक्षाका मापदण्ड साथ तिहार मनाउन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।
तिहारमा पनि प्रमुख जिल्ला अधिकारीको आदेशलाई निरन्तरता दिएको बताउँदै सूचना अधिकारी जोशी देउसी भैलीको कार्यक्रम गर्न रोक लगाएको जानकारी दिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/18, 8:57
2022/04/04, 10:39
2023/05/01, 5:35
2020/10/10, 9:39