
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा ज्यान गुमाएकी महिलाको सनाखत भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ गोराङ्गेमा गएराति ८ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ४ प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको थियो ।

अछामको कमलबजार नगरपालिका वडा नम्वर १० घर भई हाल लम्कीचुहा नगरपालिका वडा नम्वर ४ बस्दै आएकी रामे देवकोटाकी श्रीमती भुनी रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानवहादुर रोकायाले बताए ।
ठक्कर दिने मोटरसाइकल र चालक ३६ वर्षीय प्रेम साउदलाई नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता बिष्टले जानकारी दिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/06, 11:37
2022/06/03, 12:03
2023/08/18, 2:41