डडेल्धुरामा घरमै बसेका कोरोना संक्रमितको मृत्यु
2020/11/12, 5:55
 
corona

डडेल्धुराको परशुराममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका परशुराम नगरपालिका वडा नम्वर १२ का ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।

डायलासिस गर्न कार्तिक १७ गते धनगढीको सेती प्रादेशिक अस्पताल पुगेका उनको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । घरमै बसेका उनको हिजो मृत्यु भएको हो । उनको हिजै अन्तिम संस्कार गरिएको छ ।