
हिन्दुधर्मवलम्वीले दीपावली अर्थात उज्यालो र भाइचाराको प्रतीकको रुपमा तिहार मनाइरहदा पश्चिम नेपालका थारु समुदायले डिया डेवारीको रुपमा मनाइरहेका छन् । आफ्नो कूल देवताको श्राद्धपूर्वक पूजाआजा गरी घर वरिपरी दीपावली गर्ने र आज शनिबार बेलुका ‘ढिक्री लुटाउने’ अर्थात वितरण गर्ने प्रचलन रहिआएको हो ।

थारु बुद्धिजीवीहरुका अनुसार थारु समुदायमा नयाँ उत्पादित धानको चामलको पिठोबाट ढिक्री (परिकार) बनाइन्छ । जुन ढिक्री प्रसादको रुपमा कूल देवतालाई चढाउने प्रचलन रहिआएको कैलालीको कैलारी गाउँपालिका ६ बेनौलीकी चोंधिया देवी डंगौराले जानकारी दिइन् ।
पूजाआजा गरिसकेपछि जुन ढिक्री छरछिमेकका बालबालिकाहरुर्ला वितरण गर्ने प्रचलन रहिआएको हो । विशेषगरी दहित थर भएका थारुहरुले ढिक्री वितरण गर्दै आएको डंगौरा बताउँछिन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00