
डोटीको आदर्श गाउँपालिका–४ को पातकुट्टे भुवाँ गाउँमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार शनिबार दिउँसो तीन बजे बाख्रा चराउन गएका बेला स्थानीय १२ वर्षीय लोके नागरीको करेन्ट लागेर ज्यान गएको हो ।

गाउँमा विद्युत् विस्तार गरिएको लाइनको सर्पोट तार जमिनमा खुला छाडिएको र त्यो तार छुँदा करेन्ट लागेर नागरीको ज्यान गएको स्थानीयबासीले जानकारी दिएकका छन् । ‘विद्युत् प्राधिकरणको लापर्बाहीका कारण शनिबार तिहारको दिन मेरो छोराको ज्यान गयो, लापर्बाही गर्नेलाई कारबाही हुनुपर्छ’, मृतकका बुबा गणेश नागरीले भने ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54