श्वासप्रश्वासमा समस्यामा देखिएका विद्युतका कर्मचारीहरुको मृत्यु, कोरोना परीक्षणका लागि स्बाब संकलन
2020/11/15, 10:11

श्वासप्रश्वासमा समस्यामा आउँदा उपचारको लागि धनगढी आईएका दार्चुलाका एक पुरुष कर्मचारीको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका कर्मचारीको शनिवार राती धनगढी ल्याउँदै गर्दा सतबाँजमा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन सिह महराले जानकारी दिए ।

स्वास्थ्य संयोजक महराका अनुसार शनिवार श्वास प्रश्वासमा अत्याधिक समस्या देखिएपछि उनलाई महाकाली नगरपालिको एम्बुलेन्सबाट धनगढी ल्याईएको बाटैमा मृृत्यु भएको उनले बताए । उनमा कोरोनासँग मिल्दाजुल्दा लक्षण रहेकाले कोरोना भएको हुन सक्ने आशंका गरिएको छ ।
कोरोना परीक्षणका लागि स्वाव संकलन गरि पीसीआर परीक्षणका लागि बैतडी प्रयोगशाला पठाइएको पनि महाकाली नगरपालिकाले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54