
भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाका व्यापारीहरुले नेपालसँग व्यापार पुनः सुचारु गर्न माग गर्दै सिमानामा रहेको पुल खोल्न आग्रह गरेका छन् । काली नदीमा रहेको झोलुङ्गे पुल भारतको उत्तराखण्डको धार्चुला र नेपालको दार्चुला जिल्लालाई जोड्ने गर्छ । मार्च २५ मा नेपालले लकडाउनको घोषणा गरेलगत्तै सो पुल बन्द गरिएको छ ।

सो पुलमार्फत नेपाल आएर भारतीय व्यापारीहरुले गार्मेन्ट, गरगहना र अन्य सामाग्रीहरु बेच्ने गर्दछन् । लकडाउन हटेपनि कोरोनाको सम्भावित संक्रमणलाई दृष्टिगत गरेर पुल बन्द गरिएको छ । अहिले सो पुल कुनै आपतकालिन प्रयोजनको लागि मात्र खुल्ने गरेको छ । भारतीय व्यापारीहरुले पुल खोल्न माग गर्दै पुलमा धर्ना दिन थालेका छन् ।
पुल बन्द हुँदा आफ्नो ब्यापार नराम्रोसँग प्रभावित भएको भारतीय व्यापारीहरुले बताएका छन् ।

2025/05/08, 7:58
2025/05/08, 7:57
2025/05/08, 7:50
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/13, 2:45
2022/05/26, 2:18
2020/09/03, 8:08