
कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर–२ वाणीमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका उत्तमसिंह धानुकको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय धानुकको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति २ बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सोमबार कृष्णपुर नगरपालिका–२ वाणिमा म१प ७८२३ र सुप प्र.०१–००८ प २८९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका थिए । कैलाली प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिरबहादुर विष्ट, शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय उत्तमसिंह धानुक र २१ वर्षीया सुनिता विष्ट घाइते भएका थिए ।
धिरबहादुर र सुनिताको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54