
सुदूरपश्चिम प्रदेशको एउटा प्रयोगशालामा मंगलबार २३ जनाको परीक्षण गर्दा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २३ जनाको परीक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार धनगढी उपमहानगरपालिकाका ३ पुरुष र २ महिलामा संक्रमण देखिएको जानकारी दिए । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ९ सय ४३ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ८ हजार ८ सय जनाले कोरोना जितेका छन् भने ४७ जनाको मृत्यु भएको छ ।
मंगलबार प्रदेशका अन्य प्रयोगशालामा भने कोरोना परीक्षण नभएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले जानकारी दिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54