
सरकारले आउँदो आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट आज प्रस्तुत गर्दैछ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दिउँसो ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजश्व र व्ययको अनुमान पेश गर्नु हुनेछ ।

नेपालको संविधान बमोजिम हरेक जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ बजेर ४५ मिनेट अगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन् । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कोरोना रोग रोकथाम तथा नियन्त्रण सहित, कृषि, रोजगारी, ऊर्जा तथा सिँचाइलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ ।
कोरोना महामारी र यसले निम्ताएको संकटलाई सम्बोधन गर्ने गरी सरकारले बजेट ल्याउन लागेको हो । चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04