घरमा आफैँले कोरोना परीक्षण गर्न मिल्ने, ३० मिनेटमा रिपोर्ट
2020/11/18, 2:24
 
covid

एजेन्सी 

घरमै बसेर कोभिड–१९ परीक्षण गर्न सकिने किटले मान्यता पाएको छ । अमेरिकाको फुड एण्ड ड्रग एडमिस्ट्रेसन(यूएसएफडीए)ले यस खालको कोभिड परीक्षण किटलाई मान्यता दिएको छ । 

यस किटले घरमै रहेर आफैँले कोभिड परीक्षण गर्न सकिने र आधा घण्टामा नतिजा आउने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । लुसिसा हेल्थले निर्माण गरेको यस किटलाई  यूएसएफडीएले मंगलबार मान्यता दिएको खबरमा भनिएको  छ । 

आफैंले आफ्नो नाकबाट स्वाब निकाली किटमा राखेर परीक्षण गर्न सकिन्छ । यूएसएफडीएका अनुसार यसलाई १४ वर्षभन्दा माथिका व्यक्तिले प्रयोग गर्नसक्छन् । यो  तत्काल परीक्षण गर्नु परेका बेला उपयोगी हुने र अस्पतालमा पनि यसको प्रयोग गर्न मिल्ने यूएसएफडीएले जनाएको छ । 

घरमै व्यक्ति आफैँले कोभिड परीक्षण गर्न मिल्ने यो पहिलो प्रविधि हो । अहिले विश्वभर आरटी पिसिआर विधिबाट कोभिडको परीक्षण भइरहेको छ । यसबाहेक आरडिटी र एन्टिजेन विधिबाट पनि कोभिड परीक्षण भइरहेको छ ।