
बाजुरामा जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बल्दै जादै गरेको जीपले ठक्कर दिँदा बुढीगंगा नगरपालिका–१ कुणीका १० वर्षीय रमेश ल्वारको मृत्यु भएको हो ।

दुर्घटना हुँदा घाइते भएका बालकलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक मदनजीत महराले ठक्कर दिने सुप त ०१ ज १०२००३ नम्बरको जीप र चालकलाई नियनत्रणमा लिएर घटनाको अनुसन्धान भईरहेको बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54