
डडेल्धुरा प्रहरीले हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट प्रहरीले परशुराम नगरपालिका–९ जफती कुईयापानीका ३३ वर्षीय नरेशबहादुर बोहरालाई पक्राउ गरेको हो ।

भवितव्य ज्यान मुद्दाका फरार उनलाई बागबजारमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए ।
बोहरालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकोमा अदालतले उनलाई ४ महिना १२ दिन कैद र ५ सय जरिवानाको सजाय सुनाएको प्रहरीले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54