सेतीको कोरोना अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु
2020/11/20, 2:44
 
corona

सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । अस्पतालमा कोरोना पोजेटिभ भएर उपचार गरिरहेकी कैलालीको गौरीगंगा नगरपालिकाका ७५ बर्षीय पुरुष र धनगढी उपमहानगरपालिकाका ५५ बर्षीय पुरुषको आज मृत्यु भएको हो । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ५५ बर्षीय पुरुषको आज दिउँसो १२ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । उनका अनुसार ती पुरुष गत कार्तिक २५ गते कोरोना पोजेटिभ भएर अस्पतालमा उपचार गरिरहेका थिए । अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए । 

सेती प्रादेशिक अस्पतालमा उपचारत ७५ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ बर्षीया महिलाको मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालको भेन्टिलेटरमा गत कार्तिक २९ गतेदेखि उपचार गराईरहेकी थिईन् ।