डडेल्धुरा प्रयोगशालामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि
2020/11/20, 6:35
 
corona

डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९४ जनाको स्वाब परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । 

२७ जना मध्ये दार्चुलाका १७ जनामा, डडेल्धुराको अमरगढी नगरपालिकाका ३ जनामा, यस्तै जिल्ला प्रहरी कार्यालयमा कार्यरत १ जना र अजयमेरु गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । 

बैतडीको पुर्चौडीका ३ जना, बाजुरा र डोटीका १÷१ जनामा पनि संक्रमण देखिएको छ ।