
बझाङमा भीरबाट लडेर एक युवतीको ज्यान गएको छ । ज्यान जानेमा बुंगल नगरपालिका ६ जुजुनैका २० वर्षीया करिस्मा सिंह रहेका छन् । उनको आइतबार दिउँसो गोठालो गएको बेला भीरबाट करिब १५ मिटर तल खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।

उनी छारे रोगबाट समेत ग्रस्त रहेको जनाइएको छ । यसअघि मंसिर ३ गते थलारामा १२ वर्षीया बालिका र दुर्गाथलीमा २७ वर्षीया महिलाको भीरबाट लडेर ज्यान गएको थियो ।
यो घटनासँगै बझाङमा गत साउन यता भीरबाट लडेर ज्यान गुमाउनेको संख्या १० जना पुगेको बझाङ प्रहरीको तथ्यांकमा उल्लेख छ ।कतिपय प्रहरीको सम्पर्कमा नआउने गरेका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 12:27
2020/12/05, 12:31
2024/05/11, 3:19
2021/08/08, 2:15