
सुदूरपश्चिमका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार २०४ जनाको परीक्षण गर्दा थप ३७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप महानगरपालिकाका १७ जनामा संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का ६ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर २ र ४ का २/२ जना, यस्तै वडा नम्बर ३ ,१२ र वडा नखुलेका १/१ जनामा संक्रमण देखिएको जानकारी दिए ।
कैलालीकै लम्किचुहा नगरपालिका नगरपालिकाका ४ जना, कैलारी गाउँपालिका र गोदावरी नगरपालिकाका १/१ जनामा समेत कोराना पुष्टि भएको छ । यस्तै कञ्चनपुरको बेलौरी नगरपालिकाका २ जना र लालझाडी गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54