
संघीय सरकारले सुदूरपश्चिम प्रदेशका युवा अनुसन्धानकर्मी एवम् संरक्षणकर्मी धीरेन्द्रबहादुर चन्दलाई युवा प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । विभिन्न खोज, अनुसन्धानको क्षेत्रमा चन्दले पु¥याएको योगदान गर्दै सरकारले उनलाई युवा प्रतिभा पुरस्कार प्रदान गर्न लागेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने सो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । सुदूरपश्चिममा वन्यजन्तुको खोज÷अनुसन्धान र संरक्षणको निम्ती चन्दले समुदायस्तरमा विभिन्न कार्य गर्दै आएका छन् ।
उनले सुदूरपश्चिम प्रदेशमा बाँदर, चितुवा आतङ्क, डल्फिन, पुड्के खरायोको बारेमा अनुसन्धान गरेका छन् । उनी वन्यजन्तु संरक्षण तथा वातावरणसंग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभागिता जनाइ सकेका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/31, 2:53
2021/05/06, 4:58
2022/11/30, 4:26
2024/05/01, 12:39