
कंचनपुरको महेन्द्रनगर बजार परिसरमा एक युवक मृत भेटिएका छ्न । महेन्द्रनगर बजारमा अवस्थित बसपार्क नजिकैको चम्मन चोकबाट १००-१५० मिटर नजिकैको दुरिमा एक युवक मृत फेला परेका हुन ।
आज बिहानै अन्दाजी ३० बर्सिय युवक मृत फेला परेका हुन । मृतकको पहिचान हुन सकेको छैन । शरिरमा घाउ चोटपटक नभएको कारण के कति कारणले उनको मृत्युु भएको हो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।
घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता थापाले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/31, 2:53
2021/05/06, 4:58
2022/11/30, 4:26
2024/05/01, 12:39