कञ्चनपुरको महाकाली नगरपालिकामा निड्स नेपालले स्वस्थ रहने तरिका सिकाउन थालेको छ । निड्स नेपालले नगरपालिकाका विभिन्न वडा एवम् टोलमा गई त्यहाँका स्थानीयहरुलाई व्यक्तिगत तथा सामुदायिक सरसफाइका विषयमा जानकारी गराउँदै स्वस्थ रहन सिकाउन थालेको हो ।
विश्वव्यापी रुपमा कोरोनाभाइरसको महामारी फैलिएका बेला उक्त नगरपालिकाको सहकार्यमा युनिसेफको सहयोग र निड्स नेपाल कञ्चनपुरको आयोजनामा स्थानीयलाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउनका लागि सो कार्यक्रमको आयोजन गरिएको बताइएको छ।
निड्स नेपालले सामुदायिक सरसफाइ स्वच्छता प्रबद्र्धन कार्यक्रम अन्तर्गत महाकाली नगरपालिकाका ग्रामिण वस्तीहरुलाई लक्षित गर्दैै बिहीबार ६ नम्बर वडाको शान्ति टोलमा कार्यक्रम सञ्चालन गरी सहभागीहरुलाई घर वरपर सफा राख्न, नियमित हात धुन, शौचालय सफा राख्न सिकाएको जनाइएको छ ।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/05/24, 4:44
2020/09/23, 11:10
2022/01/02, 10:54
2023/01/17, 1:56