
कैलाली कारागारका एकजना कैदीको मृत्यु भएको छ। जबरजस्तीकरणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका कैलालीको घोडाघोडी नगरपालिका– ५ का ६७ वर्षीय बुधराम डगौराको मृत्यु भएको कारागार कार्यालयले जनाएको छ।

कैलाली कारागारका प्रमुख महेन्द्रबहादुर खड्काले प्यारालाइसिस रोगबाट ग्रसित डगौराको शुक्रबार बिहान मृत्यु भएको जानकारी दिए। उनको शव परीक्षका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
खड्का अनुसार यसअघि डगौरालाई कोरोना संक्रमण समेत देखिएको थियो। रिर्पोट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका उनमा स्वास्थ्य समस्या देखिएको थियो। उपचारका लागि काठमाडौँ लैजाने तयारी गरेपनि डगौराकै श्रीमतीले अस्वीकार गरेको कारागारले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/14, 10:14
2021/02/12, 8:26
2021/09/14, 1:56
2022/07/28, 5:48