
भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको झन्डै २ लाखको अवैध सामान कञ्चनपुरमा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट गड्डाचौकका सशस्त्र प्रहरी सहायक निरीक्षक वसन्तबहादुर विष्टको कमान्डमा खटिएको गस्ती टोलीले भिमदत्त नगरपालिका वडा नम्बर १० भुजेला क्षेत्रबाट १ लाख ८२ हजार ७ सय ४० रुपैयाँको अवैध सामान बरामद गरेको हो ।

बच्चाको मोजा, इनर, लेडिज ट्राउजर लगायतका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेट क्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले जानकारी दिए । बरामद गरिएको सामान गड्डाचौकी भन्सार लाइ बुझाइएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/14, 10:14
2021/02/12, 8:26
2021/09/14, 1:56
2022/07/28, 5:48