लागु औषध खैरो हेरोइन सहित युवक पक्राउ
2020/11/29, 6:25
lagu

लागु औषध खैरो हेरोइन सहित आज कञ्चनपुरबाट १९ वर्षीय युवक पक्राउ परेका छन् ।  भिमदत्त नगरपालिका –१८ सालघारी बस्ने १९ वर्षीय  शिखर जोशी लाई  ६/७ ग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको नं. ३५ गण हेड क्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए । 

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट झिलमिलाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक उत्तर सिंह बिस्टको कमान्डमा खटिएको टोलीले बेलडाडी गाउँपालिका–३ कालो पुल इलाकाबाट उनलाई पक्राउ गरेको थियो ।