
कञ्चनपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । गएराति साढे १० बजेतिर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरियामा आफ्नै घरको छतबाट खसेर ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।

छतबाट खसेर गम्भीर घाइते भएका ओझालाई उपचारका लागि धनगढी स्थित माया मेट्रो अस्पताल ल्याइएको र उनको उपचारकै क्रममा राति सवा ११ बजे मृत्यु भएको प्रवक्ता थापाले जानकारी दिए । उनका अनुसार मृतक ओझा नेपाल प्रहरीका भुतपूर्व हवल्दार हुन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/14, 10:14
2021/02/12, 8:26
2021/09/14, 1:56
2022/07/28, 5:48