चुनावबारे ट्रम्पको अर्को मुद्दा पनि अदालतले खारेज गरिदियो
2020/11/29, 3:48
 
trump

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले पुन निर्वाचनको माग गर्दै दायर गरेको मुद्दा पेन्सिल्भेनिया राज्यको उच्च अदालतले खारेज गरिदिएको छ ।

निर्वाचनको नतिजा जो बाइडेनको पक्षमा आएपछि ट्रम्पका समर्थकले यस राज्यमा फेरि निर्वाचन गराउनुपर्ने भन्दै मुद्दा दिएका थिए । तर शनिबार उच्च अदालतले यही उक्त मुद्दा खारेज गरिदिएको हो ।

साथै उनीहरुले इमेल मार्फत गरिएका मतदानलाई अवैध घोषणा गरी बाइडेनले पाएको ८१ हजार मतको अग्रतालाई पनि उल्ट्याउनुपर्ने रिपब्लिकनहरुको माग थियो । तर अदालतले यी दुबै माग खारेज गरिदिएको हो । अदालतले एकल निर्णयमा यस्तो घोषणा गर्दै दोस्रो माग असाधारण भएको पनि जनायो ।

अदालतले यदी पेन्सिल्भेनियामा यस्तो गर्ने हो भने यहाँको पूरा ६० लाख भन्दा धेरै मतदाताहरुको मतदानलाई नै वञ्चित गर्नुपर्ने अवस्थामा पुग्नुपर्ने भएकाले यस्तो प्रस्ताव अमान्य भएको जनाएको छ ।

पेन्सिल्भेनियाले आधिकारिक रुपमा जो बाइडेनको जित नोभेम्बर २४ मा मात्रै प्रमाणित गरेको हो । जबकि, अमेरिकामा नोभेम्बर ३ मा नै सुरु भएको थियो । तर ट्रम्पले आफ्नो हार स्वीकार नगरिदिँदा सत्ता हस्तान्तरणको प्रक्रिया ढिलो भएको छ । अमेरिकामा राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल कलेज भोटको खाँचो पर्नेमा बाइडेनले ३०६ इलेक्टोरल कलेज भोट पाएका थिए भने ट्रम्पले २३२ भाट मात्रै पाए ।