अनेरास्ववियु बाजुरा जिल्ला कमिटी सदस्य र एक नाबालक ब्राउन सुगर सहित पक्राउ
2020/11/30, 12:26

बाजुराकी एक युवतीलाई प्रहरीले ब्राउन सुगर सहित पक्राउ गरेको छ । गौमुल गाउँपालिकाकी विनिस्ता धामी र एक नाबालकलाई लागु औषध ओसार पसार गरिरहेको अवस्थामा काठमाण्डौ प्रहरीले पक्राउ गरेको हो ।

धामीसँग एक सय दशमलव १ ग्राम हिरोईन सहित रंगेहात पक्राउ गरेको काठमाण्डौं प्रहरीले जनाएको छ । उनलाई लागु औषध ओसार पसारको ऐन अनुसार जरिवाना र कैद गरिने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको मुद्धा भक्तपुर अदालतसम्म पुगिसकेको छ ।
बाजुराबाट अध्ययनका लागि काठमाण्डौ गएकी धामीलाई सोमबार प्रहरीले अवैध लागु औषध ओसार पसार गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेकी धामी नेकपाको भातृ संगठन अनेरास्ववियु बाजुरा जिल्ला कमिटी सदस्य रहेको बताइएको छ

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15