महाकाली पुलका लागि ८८ करोड बजेट, पुलको भौतिक प्रगति ४५ प्रतिशत
2020/05/28, 7:31
 
bughet

सरकारले चार लेनको महाकाली पुलका लागि ८८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा आगामी आवमा सक्ने गरी पुलका लागि बजेट विनियोजन गरेको जानकारी दिएका छन ।

हाल आगामी जेठभित्र निर्माण सक्नुपर्ने गरी पुलको ४५ प्रतिशत भौतिक प्रगति भएको छ । पुलका लागि ९० करोड रकम विनियोजन भएपनि हालसम्म ४० करोड खर्च भएको योजना कार्यालयले जनाएको छ ।

लकडाउन अवधिमा काम गर्ने अवस्था नरहे चालु आर्थिक वर्षमा पुलको रकम समेत फ्रिज हुने अवस्थामा रहेको छ ।