दुर्गमका डाक्टर ‘स्वास्थ्य स्वयंसेविका’
2020/12/05, 12:03
 
sebika

मेनुका ढुंगाना (अछाम)-   मंगलसेन नगरपालिका ४५ मंगला विक २६ वर्ष देखि महिला स्वास्थ्य स्वयंसेविका रुपमा काम गर्दै आएकि छन् । गाउँमा दलित बस्ती धेरै गैर दलित बस्ती कम ।  दलित बस्तीको संख्या धेरै भएकाले उनलाई स्वयंसेविका बनाउन गाउँलेले समर्थन गरे । गाउ“मै भएका गैरदलितका घरमा पनि उनले धेरै पटक जानु पथ्र्यो । तर उनलाई दलित घरमा आएको भन्दै सार्वजनिक ठाउँमै धेरै पटक विभेद गरे ।

‘त्यो बेला गैरदलितका महिलाले हामी दलितका घरमा जादैनौं भनेर मैले अवसर पाएकि हुँ । धेरै गाली पाइयो । कुटाइ खाने अवस्था समेत आयो ।’ उनले भनिन् ,‘सुरुमा समुदायसम्म पुग्नै गाह्रो भयो । त्यसपछि गाउँमा बुझाउन गाह्रो भयो ।’ खोप लगाए घाउ बन्छ , गर्भ जाँच गरे लाज हुन्छ भन्दै गाउँमा जानै नदिने गरेको उनि बताउछन् । ‘ठुलै डाक्टर भएर आइ , हामीलाई सिकाउने बहानामा कामको बर्बाद भयो भन्दै रिसाउँथे ।’ उनी भन्छिन् ,‘आमा समूह बनाएपछि अलि काम गर्न सहज भयो । त्यसयताको समयमा कतिका ज्यान बचाइयो हिसाबकिताब छैन । अहिले परिस्तिथि बदलिएको छ । गाउँमा डाक्टर भन्दा बढि हामीलाई मान्ने गरेका  छन् ।’ 

२६ वर्षसम्म वर्ष महिला स्वाथ्य स्वयंसेविका भएर उनले आफ्नो टोलमा बिरामिको सेवा गरी रहेकि छन् । गाह्रो , अप्ठ्यारो पर्दा सबै भन्दा पहिले गाउँलेहरु उनलाई सम्झन्छन् । अहिले सम्म उनले आफ्नो टोलका बिरामी र धेरै गर्भवती महिलालाई बोकेर नै स्वास्थ्य चौकि पुर्याएकि छन् । मंगला गाउँमा स्वास्थ्य स्यवयमसेविका हुँदा सम्म कसैलै दुःख पाउदैनन् भन्ने त्यो गाउँका मान्छेको सोचाइ छ ।

घरमै सुत्केरी हुनेबेला साल र बच्चाको घाँटी एकै ठाउँमा बेरिएपछि ११ वर्ष अघि मंगलसेन –५ कै गंगा विष्टले स्वयमसेविका भएकै कारण ज्यान बचाइन् । स्वयंसेविका मंगललाले २ जना मान्छे जुुटाएर गंगालाई जिल्ला अस्पताल पुयाएर आफ्नो ज्यान जोगाई दिँदा उनी हर्षीत छन् । ‘मंगला दिदी नभए म साह्रै दुःख पाउँथे , मेरो लागि भगवान नै भएर आउनु भयो ’ गंगाले भनिन्, ‘हाम्रो लागि उनै डाक्टर हुन् ।’ उनि जस्तै गाउँका सबै महिलाहरु सामान्य देखि जटिल समस्या देखिने बित्तीकै महिला स्वास्थ्य स्वयंसेविकाको खोजि गर्छन् ।

समुदायका महिला आफू गर्भवती भएको कुरा श्रीमान, सासू, ससुरालाई भन्दा पहिला स्वास्थ्य स्वयंसेविका आफुलाई सुनाएको गरेको अर्कि स्वयंसेविका मथुरा ढुंगानाले भनिन्  । ‘गर्भवती भएको भन्ने कुरा श्रीमान सासू, ससुरालाई पहिला भन्यो भने झाँक्री खोज्न निस्किहाल्छन् । घरमा झाँक्री ल्याइहाल्छन् । ’ मथुराले भनिन् ,‘झाँक्री देखायो भने देउदेउता खुसी हुन्छन् भन्छन्, मैले थाहा पाउँदा उनिहरु त्यो समस्याबाट मुक्त हुन्छन् । त्यसैले श्रीमान्लाई भन्दा पहिले हामीलाई महिनावारी रोकियो भन्छन् ।’
उनका अनुसार, जन्मदा सास नफेर्नु वा नरुनु, समयअगावै जन्म तथा कम तौलजस्ता मुख्य कारणले नवजात शिशुको मृत्यु र गर्भवतीको अवस्थामा दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा नपाएकै कारण आउने विविध जटिलताबाट गर्भवती आमा पीडित हुने गर्छन् । तर, पछिल्लो समयमा अछाममा भने यी समस्याहरु कम रहेको र सामान्य बिरामि हुँदा पनि स्वास्थ्य स्वयंसेविका घरमा नै पुग्ने गरेकाले अकालमा नै ज्यान गुमाउन परेको छैन । ‘पहिले एक दिनमै ४-५ बच्चा भन्दा बढि मर्थे । बच्चालाई गाड्ने ठाउँ नै छुट्टै हुन्थ्यो । अहिले बच्चा मर्दैनन् ।’ उनले भनिन् ।

मथुराका अनुसार औषधिको बाकस, निर्देशिका, फ्लिप चार्ट , वडा रेजिस्टर, सूचना तथा संचारका सामग्री, झोला, साइन बोर्ड तथा परिचयपत्र प्राप्त गरीसकेपछि सोहि अनुसारको जिम्मेवारी बोेध हुने गरेकोस्वास्थ्य स्वयंसेविका मंगला विक बताउँछिन् । ‘परिवार नियोजनका अस्थायी साधन जस्तै कण्डम  , पुनर्जलीय झोल बनाउने प्याकेट , आइरन चक्की , तथा भिटामिन चक्की पनि स्थानीय स्वास्थ्य संस्थाबाट उपलब्ध गराइन्छ भन्ने जानकारी गराउँदा मात्रै धेरैका ज्यान जोगीएका छन् ।’ उनले भनिन् ।

 समुदायका निमोनिया भएका बालबालिकाको उपचार गर्ने तथा जटिल निमोनियाका बिरामीहरूलाई स्वास्थ्य संस्थामा रिफर गर्ने काम समेत आफुहरुले गरीरहेको अर्कि स्वाथ्य स्यवमसेविका अमृता आउजीले बताइन् । ‘धेरै पटक मैले पनि स्टेचरमा गर्भवतीलाई स्वास्थ्य चौकि पुर्याएकि छुँ । आफ्नो ठान्छन्, जेठानि देवरानि सुख,दुःख साटासाट गर्छन् यसैमा खुसी छुँ ।’ उनले भनिन् । आफूलाई समुदायमा सुरक्षित प्रसूति सेवा खासगरी नाभी मलमको प्रयोग, नवजात शिशुको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिन शिशुको पाइताला नाप र आमाको बिगौती दूधको महत्वका बारेमा तालिम दिएको बताइन् । उनले भनिन् ‘अहिले घरमा नै प्रसूति हुने महिला कोही हुनुहुन्न, प्रसूति हुन स्वास्थ्य चौकीमा नै जानुपर्छ र लैजानुपर्छ भन्ने महिला र पुरुष सबैमा जानकारी छ ।’ 

सुत्केरी हुन स्वास्थ्य संस्थामा अथवा दक्ष स्वास्थ्यकर्मीबाट नै गराउनुपर्छ र विशेष गरी पाँचवर्ष मुनिका बालबालिका बिरामी हुनेबित्तिकै स्वास्थ्य चौकीमा गइहाल्नुपर्छ भन्ने ज्ञान र सोहि अनुरुपको व्यवहार अछाममा वरीवर्तन हुँदै जाँदा पछिल्लो एक दशकमा यहाँका गर्भवती आमा र निमोनिया, मलेरिया, पखाला, कुपोषण र दादुराबाट पाँच वर्षमुनिका बालबालिका अकालमा मृत्यु हुन नपरेको स्वास्थ्यकर्मिहरु बताउछन् ।  

(महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा सम्पुर्ण स्वयंसेविकाको योगदानको कदर गर्दै तयार पारिएको हो  ।)