कैलालीको फल्टुडेबाट १ लाख बढीको मदिरा बरामद, चालक, व्यवसायी र ट्रक नियन्त्रणमा
2020/05/29, 12:34

कैलालीको फल्टुडेबाट प्रहरीले मदिरा बरामद गरिएको छ । प्रहरीले मदिरा बोक्ने ट्रक नियन्त्रणमा लिएको छ । धनगढीबाट मदिरा लगेर जोगबुढा जादै गरेको से १ ख १३७० नम्बरको ट्रकलाई फल्टुडे प्रहरीले नियन्त्रणमा लिएको हो ।

ट्रकबाट एक लाख ८ हजार बराबरको मदिरा बरामद गरिएको ईलाका प्रहरी कार्यालय फल्टुडेले जनाएको छ । सिमेन्ट सरिया बोकेको ट्रकमा मदिरा पनि लुकाई छिपाई लगिरहेको अवस्थामा मदिरा बरामद गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक माधव बिश्वकर्माले बताए ।
यस्तै मदिरा व्यवसायी तेज बहादुर बोहरा र चालक खगेन्द्र साउँदलाई पक्राउ गरिएको छ । उनीहरुलाई आवश्इक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04