
रुकुम पश्चिममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा प्रर्दशन भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट दलित भातृ संघसंस्था र अधिकारकर्मीले आज प्रदेशसभा र जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना दिएका हुन्।

उनीहरुले रुकुम चैजाहारी घटनाको निष्पक्ष छानविन गरी दोषीलाई हदै सम्मको कारवाहीको माग गरेका छन्।
विरोध कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्य नृप बहादुर सुनारले पश्चिम रुकुममा भएको घटना अमानवीय र क्रुर यातना भएकाले घटनाको निष्पक्ष छानविन गर्न शक्तिशाली संसदिय समिती गठन गर्न माग गरे।

उनले अझै वेपत्ता भएकाहरुको तत्काल खोजविन गर्नुपर्ने बताए। कार्यक्रममा प्रेम बि सि, खडक नागरी , मानव अधिकारकर्मी डिल्लीराज जोशी, वसन्त बाग्चन, चक्र बिक लगायतको सहभागिता रहेको थियो।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/22, 4:42
2021/09/23, 4:00
2020/07/27, 9:33
2020/12/21, 12:43
2022/10/11, 6:54