
पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि काठमाडौँमा म्याराथन आयोजना हुने भएको छ। ‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ नाराका साथ २०७८ वैशाख १ गते म्याराथन आयोजन गरिने बोलन्या थलीका संयोजक याव जोशीले जानकारी दिए।

उनका अनुसार करिव ७५० को सहभागिताको अपेक्षा गरिएको सो दौड बल्खुबाट दक्षिणकालीसम्म हुने छ। उनले पश्चिम सेती छिटो बनाउन माग गरेका छन। बोलन्या थली माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल, सङ्गीत सङ्घर्ष कार्यक्रम गरिसकेको छ।
सरकारको खोजीको लागि भन्दै डोटीमा दिउँसै टुकी बालेर प्रदर्शन तथा ‘डोटीका सपनाका ७५० डोका’ आन्दोलन पनि गरिएको थियो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/19, 8:34
2020/12/06, 9:56
2022/03/18, 6:33
2023/04/17, 12:27