
बझाङमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। तल्कोट गाउँपालिका–३ को किरकिट्या भन्ने स्थानमा शनिबार दिउँसो २ बजे बा३क ६०० नम्बरको नागार्जुन कष्ट्रक्सनको टिपर दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका मजदुरहरु मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। चालक भरत धामी, सहचालक गोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी सामान्य भएका छन्।
घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको छ। टिप्पर करिब सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12