डडेल्धुरा अस्पतालले भेन्टिलेटर सहितको आइसीयू सेवा सुरु
2020/12/18, 6:31
 
corona

डडेल्धुरा अस्पतालले आइसीयू र भेन्टिलेटरसहितको उपचार सेवा सुरु गरेको छ। पहिलो पटक सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा आइसीयू र भेन्टिलेटरसहितको उपचार सेवा सुरु गरेको हो ।  संघीय सरकारको बजेटमा १५ वटा आइसीयू सञ्चालन कार्ययोजना भएपनि भवन अभावका कारण हाललाई ११ वेडको आइसीयू सेवा सुरु गरेको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए।

संघीय सरकारले आइसीयू सेवा विस्तारका लागि ३ करोडको बजेट उपलब्ध गराएको थियो। डडेल्धुरा अस्पतालमा आइसीयू सेवा संचालन भएसंगै पहाडी जिल्लाका बिरामीलाई सहज हुने विश्वास रहेको छ ।  अहिलेसम्म डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा आइसीयू अभावमा बिरामी रेफर हुदै आएका थिए।