००७ सालका दुई दर्जन क्रिश्चियन अहिले ४० लाख पुग्दा तपाईको मन दुख्दैन ? कमल थापा
2020/12/27, 1:02
 
kamal thapa

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २००७ सालमा दुई दर्जन क्रिश्चियन रहेका भए पनि अहिले आएर ४० लाख क्रिश्चियन भएको भन्दै नेपाली जनतालाई ‘के तपाईँलाई मन दुख्दैन ?’ भनेर प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘कुनै धर्मप्रति मेरो वैमनस्यता र विरोध छैन। सबै धर्म प्रति मेरो सम्मान छ। तर, वि.सं २००७ सालमा २ दर्जन क्रिश्चियन भएको नेपालमा लोभलालच र भ्रम सिर्जना गरेर तथा योजनाबद्ध र संगठितरूपमा भइरहेको धर्मपरिवर्तनको परिणामस्वरूप अहिले करिब ४० लाख पुगेको छ । हाम्रो गौरवशाली सनातन धर्म र सभ्यता माथिको यो आक्रमणले असह्य पीडा हुन्छ । के तपाईको मन दुख्दैन ?’

अध्यक्ष थापाले धर्म बचाउन आग्रह गर्दै भनेका छन्, ‘धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाति र दलित समुदाय परेका छन् । पहिचानको रक्षा गरौं भन्ने कथित छद्मभेषीहरू आदिवासी, जनजाति र दलित समुदायको पहिचान मेटाउने षडयन्त्रका मतियार हुन् । यिनले विदेशीले दिने डलरसँग राष्ट्रको पहिचान र गौरव बेच्ने गद्दारी गरिरहेका छन् । सनातन धर्म संस्कृतिको रक्षा गरौं ।’ 

kamal thapa