
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आइतबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिए ।

भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ । भूकम्पको धक्का बैतडी सहित दार्चुला र बझाङका केही क्षेत्रमा गरिएको थियो । भूकम्पले क्षति गरेको बारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12