सुदूरपश्चिमलाई समृद्ध बनाउँछौँ: मन्त्री भट्ट
2021/01/10, 11:24
 
maya bhatta

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री माया भट्टले पर्यटन क्षेत्रको प्रवद्र्धनबाट सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउने सकिने बताएकी छिन् । होटेल व्यवसायी संघ कञ्चनपुरको २५ औँ साधारण तथा १६ औँ अधिवेशनमा उनले पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विस्तारका लागि सरकारी र गैरसरकारी क्षेत्र सबै लाग्नुपर्ने बताइन् । 

मन्त्री भट्टले सरकार र जनताले एकार्काको राजनीति बुझ्न नसक्दा दुःख पाउने दिन आएको बताईन् ।  “जनताले बुझेको राजनीति सरकारले बुझेको छैन, सरकारले बुझेको राजनीति जनताले बुझेको छैन ।” उनले भनिन, “यही नबुझेर दुःखका दिन आउन लागेका छन ।”

होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले संघ सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धन हुने गरी नीति बनाउनुपर्ने बताए । “२०२५ मा बनेको ऐन अहिले २०७६ सम्म पनि उस्तै छ ।” उनले भनिन– “संघ सरकारबाट पर्यटन नीति बनाउनुपर्छ ।”